भोटेकोशी बाढीपहिरो पीडित ७३ घर परिवारलाई राहत


२०७७ असार ३० मंगलबार ०८:३७ बजे

मेलम्ची, ३० असार । बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घर परिवारलाई नेपाली कांग्रेसले राहत वितरण गरेको छ ।

बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको कांग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिए ।

बाढीपीडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो । कांग्रेसले बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ ।

कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे–५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार रु सात हजारको दरले नगद वितरण गरेका थिए । उनीहरूले बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार रु दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७