नेकपा (एकीकृत समाजवादी) को आज पनि वैठक, अध्यक्षको प्रतिवेदनमा छलफल हुँदै
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ ।
काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
उक्त प्रतिवेदनमाथि शुरु भएको छलफल आज पनि जारी रहने भएको छ । अध्यक्षको प्रतिवेदनमाथि विभिन्न नौं समूहमा छलफल गरिने भएको छ ।
छलफलका लागि केन्द्रीय सदस्यहरूलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको केन्द्रीय छ । अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा समूहगत रूपमा छलफल भइरहेको छ ।
.gif)

.png)

