पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट


२०८३ श्रावण २८ बिहीबार २१:४२ बजे

काठमाडौं :  पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन्। रिटमा श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राख्न पर्याप्त कानुनी आधार नरहेको दाबी गर्दै तत्काल थुनामुक्त गर्न माग गरिएको छ।

रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले शुक्रबारको पेसी तोकेको छ। अब अदालतले निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै श्रेष्ठको गिरफ्तारी तथा हिरासत कानुनसम्मत भए–नभएकोबारे प्रक्रिया अघि बढाउनेछ।

यसैबीच, काठमाडौं जिल्ला अदालतले बिहीबार श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठको पक्राउ, सञ्चारगृहमा खानतलासी तथा हिरासतमा राखिएको विषयलाई लिएर पत्रकार तथा सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले आपत्ति जनाउँदै आएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७