चुनदेवीमा कांग्रेस सभापतिकै हैसियतमा देउवाको कार्यकक्ष, ढोकामा टाँसियो नेमप्लेट
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवालाई नै वैधानिक सभापति दाबी गरेको छ।
करिब साढे पाँच महिनापछि स्वदेश फर्किएका देउवा विमानस्थलबाट आफूनिकट नेताहरूले सञ्चालनमा ल्याएको काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए। त्यहाँ देउवा नै सभापति भएको संकेत गर्दै बोर्ड राखिएको छ भने छुट्टै कार्यकक्षसमेत तयार गरिएको छ। कार्यकक्षको ढोकामा देउवाको नेमप्लेटसमेत राखिएको छ।
देउवा समूहले सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता विवादमा निस्सा दिएपछि गगन थापालाई औपचारिक रूपमा सभापति स्वीकार नगर्ने अडान लिएको हो। यसैबीच समूहले भोलि राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाको उद्घाटन देउवाले गर्ने बताइएको छ।
भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफूहरूको वैधानिक सभापति देउवा नै भएको दाबी गरेका छन्। यद्यपि पार्टी एकताका लागि प्रयास जारी रहने उनको भनाइ छ।
स्वदेश फर्किएलगत्तै देउवाले पनि पार्टीमा देखिएको असहमति र निराशा तत्काल समाधान गर्दै पार्टी एकताका लागि आह्वान गरेका छन्।
.gif)

.png)

