नेकपा (एकीकृत समाजवादी) ले पनि खोल्यो खाता, अछाम–१ बाट कुँवर जियी
अछाम । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा अछामबाट खाता खोलेको छ । अछामको क्षेत्र नम्बर–१ मा समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन् ।
उनले १९ हजार ५३४ मत प्राप्त गरेका छन् । कुँवरका प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरे । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये २१ क्षेत्रमा उम्मेद्वार उठाएको एकीकृत समाजवादीले अहिलेसम्मको मतगणना अनुसार १ क्षेत्रमा विजयी हुँदा ५ क्षेत्रमा अग्रता कायम गरेको छ ।
.gif)

.png)

