इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरको स्वीकृति, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बन्ने


२०७९ पौष १७ आइतबार १४:४२ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकीकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

मर्जरपछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ । मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका शेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी यी दुई बैंक मर्ज भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७