सुरु भयो उभौली चाड (फोटोफिचर)


२०७५ बैशाख १७ सोमबार २१:३६ बजे
तस्बिर : रासस काठमाडौं, १७ वैशाख । किरात समुदायको महान् चाड उभौली सुरु भएको छ । आज (बैशाख पुर्णिमा)देखि सुरु भएको उभौली प्रदेश नं. १, काठमाडौं उपत्यका तथा किरात समुदाय वसोवास गर्ने विभिन्न देशहरुमा भव्यता साथ मनाइन्छ । उपत्यकामा हात्तिवन स्थित किरात माङखिम, गोकर्ण लगायतका ठाउँमा पुजा गरि विधिवतरुपमा सुरुवात गरेका छन् । किरात समुदायको राई जातिले उपत्यकामा साेमबार ललितपुरकाे हात्तिवन, नख्खिबोट, काठमाडाैंका गाेकर्ण लगायतका ठाउँमा शिली नाचेका छन् । भने  आउँदो शनिबार काठमाडौंकाे टुडिखेलमा भव्यरूपमा साकेला शिली हुने भएकाे छ । यसै गरी प्रत्येक वर्ष किरात राई विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय कीर्तिपुर इलाका कार्यसमितिले गर्दे आएको साकेला शिलि कार्यक्रम जेठ ७ गते हुने समितीकी उपाध्यक्ष एनिला राईले जानकारी दिइन् । किराती समुदायले खेतीपाती सप्रियोस, रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति नपरोस भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महिनादिनसम्म उभौली  मनाउने प्रचलन छ । साकेला पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । ललितपुरकाे नख्खिपाेटमा साकेला शिली   

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७