टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीको आक्रोश : स्वच्छ पत्रकारिता गर्नुस्
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ पत्रकारिता गर्न आग्रह गरेका छन् । टेरामक्स प्रकरणमा अख्तियारको सम्पर्कमा नआएको आरोप उनीमाथि छ ।
संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा सहभागी हुन पुगेका सांसद कार्कीलाई पत्रकारले राखेको तपाईं हराएको आरोप छ नि भन्ने प्रश्नमा उनले त्यसमा सत्य नभएको भन्दै स्वच्छ पत्रकारिताका लागि आग्रह गरेका हुन् । ‘यसमा कुनै सत्यता छैन, स्वच्छ पत्रकारिता गर्नुस्’, संक्षिप्त प्रतिक्रिया दिंदै कार्कीले भने, ‘म पछि बोल्नेछु । तपाईंहरू आफै खोज्नुहोस् ।’
अख्तियारले पटक–पटक सम्पर्क गर्दा पनि तपाईं सम्पर्कमा जानुभएको छैन भन्ने छ नि भन्ने प्रश्नको जवाफ समेत नदिई कार्की बाहिरिएका थिए । टेरामक्स खरिद प्रकरणमा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीहरू कार्की र वर्तमान स्वास्थ्यमन्त्री मोहन बस्नेत मुछिएको समाचार सार्वजनिक भइरहेका छन् । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि दुवै जना तानिने समाचार आइरहेका छन् ।
.gif)

.png)

