कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न तहमा कर्मचारी (सूचनासहित)


२०८० फाल्गुण ११ शुक्रबार १२:०५ बजे

काठमाडौँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कोषले शुक्रबार एक सूचना जारी गर्दै ३० जना गरी नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ जना मागेको छ । जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/ २ जना र मधेसीबाट १ जना नियुक्त गर्ने कोषले जनाएको छ ।

त्यस्तै प्रशासनतर्फ १ जना, प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक, पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २्२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक–फरक निर्धारण गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७