आतंकवादी हमलामा सेनाका क्याटेनसहित चार जनाको मृत्यु


२०८१ श्रावण १ मंगलबार १०:०८ बजे

नयाँदिल्ली । भारतको जम्मुकश्मीरमा एक महिनामा पाँच वटा आतंकवादी आक्रमण भएका छन् । पछिल्लो पटक गए राति भएको आक्रमणमा सेनाका एक क्याप्टेनसहित चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । राष्ट्रिय राइफल्स र जम्मू–कश्मीरले जारी राखेको सर्च अपरेशनका क्रममा आतंकवादी आक्रमण भएको भारतीय समाचार एजन्सी पीटीआईले जनाएको छ । 

गए राति ९ बजे भएको घटनामा ५ सुरक्षाकर्मी गम्भीर घाइते भएको र चार जनाको उपचारका क्रममा मृत्यु भएको हो ।   अधिकारीहरुका अनुसार ३४ दिनको बीचमा भएको यो पाँचौ आक्रमण हो । गत ११ जुनमा डोडा भद्रवाह पठानकोट मार्गमा एक चेकपोष्टमा आक्रमण भएको थियो । जसको जिम्मेवारी कश्मीर टाइगर्स समूहले लिएको थियो । 

त्यसपछि १२ जुनमा डोडाकै गन्डोह क्षेत्रमा आक्रमण भएको थियो । त्यसैगरी २६ जुनमा पनि डोडाको गन्डोह क्षेत्रमा आक्रमण भएको थियो भने ९ जुलाईमा डोडाकै गढी भगवा क्षेत्रमा आक्रमण भएको थियो । समाचारहरुका अनुसार पछिल्लो पटक ८ जुलाईमा जम्मु कश्मीरको कठुवा जिल्लामा आतंकवादी आक्रमण भएको थियो जसमा ५ सैनिक मारिएका थिए । लगातार आतंकवादी आक्रमण भएपछि सुरक्षा गस्ती समेत वृद्धि गरिएको भारतीय अधिकारीहरुको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७