भारतीय राजदूत श्रीवास्तवले गरे चिलिमे सुरुङ उद्धारको स्थलगत निरीक्षण


२०८३ भदौ १८ बिहीबार १८:३१ बजे

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेसी नजिकै रहेको चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस सुरुङमा जारी खोज तथा उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले नेपाली सेना र भारतीय प्राविधिक टोलीको संयुक्त प्रयासको प्रशंसा गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै राजदूत श्रीवास्तवले बाढी तथा पहिरोका कारण अवरुद्ध सुरुङ खुलाएर उद्धार कार्यलाई तीव्रता दिन दुवै देशका टोली अहोरात्र खटिएको बताएका छन्। उनका अनुसार भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र करिब १०० मिटरसम्म पहुँच बनाइसकेको छ। अब उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ठूला तथा भारी मेसिनरी उपकरण सुरुङभित्र लैजाने तयारी भइरहेको छ। 

राजदूत श्रीवास्तवले उद्धारस्थलको भौगोलिक अवस्था निकै चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन्। ‘सुरुङभित्रको जमिन दलदलजस्तो र भौगोलिक बनावट निकै चुनौतीपूर्ण छ,’ उनले लेखेका छन्, ‘तर यति कठिन परिस्थितिमा पनि भारतीय र नेपाली टोलीहरू अविचलित भएर काममा लागिपरेका छन्।’ बाढी तथा पहिरोका कारण चिलिमे जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि पुनःस्थापना तथा खोजी–उद्धारका लागि नेपाली र भारतीय सुरक्षा तथा प्राविधिक टोली परिचालित छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७