चिलिमेको सुरुङको मुखनजिक पुग्यो उद्धार टोली

लेदो र ढुंगामुढा पन्छाउने काम जारी


२०८३ भदौ २६ शुक्रबार ०९:१७ बजे

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

सुरुङभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिको अवस्था पत्ता लगाउन बिहानैदेखि एक्स्काभेटर प्रयोग गरी लेदो, ढुंगामुढा, कंक्रिट तथा अन्य भग्नावशेष पन्छाउने काम भइरहेको छ। इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले सुरुङको मुखनजिक पुगिसकेको छ। 

बाढीले थुपारेको बाक्लो लेदो र ढुंगामुढाका कारण सिर्जित अवरोध हटाउँदै उद्धार कार्य अघि बढाइएको उनले बताए। सुरुङभित्र फसेकाहरूको अवस्था यकिन गरी सुरक्षित रूपमा उद्धार गर्ने उद्देश्यले टोलीले निरन्तर काम गरिरहेको चौधरीले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७