प्रतिसिलिन्डर ५४० रुपैयाँ बढी लिएर ग्यास बेच्ने किराना पसल कारबाहीमा


२०८३ भदौ २६ शुक्रबार १४:०० बजे
फाइल फोटो

काठमाडौं : सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यास बिक्री गर्ने कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित ‘अनिल किराना पसल’लाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको अनुगमनका क्रममा उक्त पसलले उपभोक्तालाई तोकिएको मूल्यभन्दा महँगोमा ग्यास बिक्री गरेको भेटिएपछि कारबाही गरेको हो।
विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार पसलले सरकारले निर्धारण गरेको मूल्यविपरीत सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको पाइएको थियो। जबकि एक सिलिन्डर ग्यासको निर्धारित मूल्य २ हजार ६० रुपैयाँ रहेको छ। यसरी पसलले प्रतिसिलिन्डर ५४० रुपैयाँ बढी लिएर ग्यास बिक्री गरेको विभागले जनाएको छ।
उपभोक्ताबाट बढी रकम असुलेर ठगी गरेको प्रत्यक्ष प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम पसललाई तत्काल ३ लाख रुपैयाँ जरिबाना तिराइएको सूचना अधिकारी किरातीले जानकारी दिए। विभागले बजारमा सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीमाथि अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७