भृकुटी मण्डपमा आजदेखि नाडा अटो शो
काठमाडौँ । नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखि शुरु हुँदैछ । सो प्रदर्शनी काठमाडौको भृकुटी मण्डप प्रदर्शनीस्थलमा भदौ १६ गतेसम्म हुनेछ ।
जसमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह–प्रायेजकको रुपमा रहनेछ । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ वटा दुई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने छन् । यस्तै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ ३३ कम्पनी र ७ वित्तीय संस्थाहरुले समेत शो मा सहभागिता जनाउनेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।
यस्तै हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकेटिङ पार्टनरको रूपमा रहनेछ । जसले सहज टिकट खरिद अनुभव प्रदान गर्नेछ । वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ । हिदको प्रालिले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ भने सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षा र सुरक्षाका लागि निगरानी गर्नेछ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रालि (जेम्स) द्वारा गरिनेछ ।
प्रदर्शनीलाई चार पाङ्ग्रे दई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ । आगन्तुकहरूको सुविधाका लागि, टिकटहरू खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ । अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्ने छन् । नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
.gif)

.png)

