पासपोर्ट खरिद प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर छलफल गर्न प्रस्ताव

प्रधानमन्त्रीसँग जवाफ माग्न प्रस्ताव


२०८३ भदौ ४ बिहीबार १४:५३ बजे

काठमाडौं : नेकपा एमालेका नेता मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदीय समितिमा बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राईले पासपोर्ट खरिदका विषयमा बाहिर आएका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने बताएका हुन्। ‘पासपोर्ट खरिदको विषय बाहिर जो आयो, यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ,’ उनले भने।

नेता राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर सरकारले आफू मातहत छुट्टै सम्पत्ति छानबिन आयोग गठन गरेको विषयमा पनि प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने बताए। त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर सात घण्टासम्म केरकार गरिएको भनिएको विषयमा पनि स्पष्टता आवश्यक रहेको उनले बताए।

सरकारमाथि निगरानी राख्ने र सन्तुलन कायम गर्ने संवैधानिक अंग अख्तियारका सबै पदाधिकारीलाई प्रधानमन्त्रीका सहयोगीहरूले कार्यालयमा घण्टौँसम्म राखेर केरकार गरेको भन्दै प्रश्न उठेको थियो। यही पृष्ठभूमिमा सांसद राईले उक्त विषयमा पनि प्रधानमन्त्रीले संसदीय समितिमा जवाफ दिनुपर्ने माग गरेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७