३५.९९ लाख रुपैयाँमा नामी भिगो ई२ फुल एसयूभी

३५० किलोमिटरसम्मको रेन्ज र प्रिमियम फिचर्स


२०८३ भदौ ४ बिहीबार १३:४३ बजे

काठमाडौं : एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई ३५ लाख ९९ हजार रुपैयाँको विशेष प्रारम्भिक मूल्यमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। त्यसपछि भिगो ई२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ। थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप ८ लाख रुपैयाँमा भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन्।

भिगो ई२ लाई सहरभित्रको दैनिक आवतजावत, पारिवारिक यात्रा तथा नेपालभरको लामो दूरीका यात्रालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ। कम्पनीले यसको मुख्य विशेषतालाई ‘सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्स’का रूपमा प्रस्तुत गरेको छ। भिगो ई२ मा पाँच जनाका लागि फराकिलो क्याबिन, २,७१५ एमएम ह्विलबेस र ५७२ लिटरको बुट स्पेस रहेको छ। यसमा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ टेलगेट’ र डीजीआई–सञ्चालित एडीएएसलगायतका फिचर्स छन्।

विद्युतीय एसयूभीमा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ। यसले डब्लूएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। त्यस्तै, १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको भिगो ई२ ले १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ।

कम्पनीका अनुसार नामीका २ हजारभन्दा बढी गाडी हाल नेपालभर सञ्चालनमा छन्। भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा, सल्लेरीलगायतका विभिन्न भूगोल तथा चुनौतीपूर्ण सडकमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको कम्पनीले जनाएको छ। ग्राहकले नामीका शोरुम तथा नाडा अटो शोमा रहेको नामी स्टलमा पुगेर भिगो ई२ को प्रत्यक्ष अनुभव लिनुका साथै विशेष मूल्यमा बुकिङ गर्न सक्नेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७