‘जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सके मात्र प्रजातन्त्र दिवसको सार्थकता’


२०८१ फाल्गुण ७ बुधबार ०९:४५ बजे

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आमनागरिकको जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले जनता नै सार्वभौमसत्तासम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा निहित रहेको बताएका छन् । मुख्यमन्त्री आचार्यले जनता सार्वभौमसत्ता सम्पन्न हुन र सम्पूर्ण स्रोत जनतामा निहित हुन्छ भन्ने मान्यताका आधारमा आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने शुभकामना सन्देशमा बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाटै निर्माण भएको बताउँदै उनले सन्देशमा सहिदहरूको सपना र जनताको आकांक्षालाई मूर्तरूप दिन वर्तमान शासन प्रणालीलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धितर्फ केन्द्रित गर्न आवश्यक भएको उल्लेख गरेका छन् । मुख्यमन्त्रीले जनताको एकताबद्ध सामर्थ्यबाट जस्तोसुकै निरंकुशतालाई पराजित गर्न सक्ने, साथै हक, अधिकार, मानवाधिकार तथा राजनीतिक स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदा स्मरण गराउने सन्देशमा उल्लेख गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७