नेकपा एसको १३ बुँदे आचारसंहिता : अब यस्ता गतिविधि गर्न नपाइने (पूर्णपाठ)


२०८१ फाल्गुण ९ शुक्रबार ०९:०१ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता–कार्यकर्ताका लागि तीन पेजको आचारसंहिता प्रस्ताव गरेका छन् । आज (शुक्रबार) बाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले १३ बुँदाको आचारसंहिता प्रस्ताव गरेका हुन् । 

बैठकमा प्रस्ताव गरिएको यो आचारसंहिता केन्द्रीय समितिले पारित गरेको दिनदेखि प्रारम्भ हुने भनिएको छ। जसको पालनकर्ता पार्टीका सबै नेता–कार्यकर्ता हुने भनिएको छ । आचारसंहितामा मार्गदर्शन सिद्धान्त, मूल्यमान्यता, आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी बहन, जबाफदेहितालगायतका विषय राखिएका छन् । 

आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयविरुद्ध आफ्नो पार्टी कमिटी भन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरूका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।’

आचारसंहिताको आचरणमा ‘पार्टीका नेता–कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने र उनीहरूको खानपान, रहनसहन, उठबस आदि सरल र सामान्य हुनुपर्ने भनिएको छ । यस्तै नैतिकतामा निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्ने भनेको छ । 

यस्तै परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानेको छ । ‘कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन,’ आचारसंहितामा भनिएको छ, ‘महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ ।’

पूर्णपाठ
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७