०८३ असार र ०८४ मंसिरमा दुईपटक सरकार ढल्छ : एमाले नेता ढकाल

धरान : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले वर्तमान सरकार दुईपटक ढल्ने जिकिर गरेका छन् ।
सरकार ढल्यो भन्दै अफवाह फैलाउनेहरुलाई इंगित गदउनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा गर्ने बेलामा दुईपटक सरकार ढल्ने बताएका हुन् ।
धरानमा जारी विजिनेस एक्स्पोको शनिबार समापन गर्दै उनले २०८३ असार र ०८४ मंसिरमा दुईपटक अहिलेको गठबन्धन नेतृत्वको सरका ढल्ने बताएका हुन् ।
दुई प्रमुख दलहरु एमाले कांग्रेसलाई खेलेर सत्तामा रमाउने माओवादी दोहोरो चरित्रको अन्त्यका लागि एमाले काँग्रेस गठबन्धन बनेको एमाले जनसंगठन संयन्त्रको प्रमुखसमेत रहेका डकालले बताए ।
उनले एमालेलाई धोखा दिएर फुत्त काँग्रेससँग टासिने र काँग्रेससँग अघाएपछि फेरी एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार रहेको बताए ।
‘२०८४ को निर्वाचनमा एमाले काँग्रेस प्रतिद्वन्द्वी भन्ने दुवै पार्टीहरुलाई थाहा छ हामी सिंगल-सिंगल प्रतिष्पर्धा गर्छौ एमालेले जिते काँग्रेस प्रतिपक्षमा बस्छ, काँग्रेसले जिते एमाले प्रतिपक्षमा बस्छ’, उनले भने । तर यो गठबन्धनलाई सत्तोसरोप गर्ने र आजै ढलिहाल्यो, भोली ढल्छ भनेर भ्रम फैलाउनुको कुनै तुक नरहेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ढकालले फेसबुकभरी पानीनै पानी, युट्युबभरी पानीनै पानी भएको धरानमा पानीको अभाव भन्दै केही व्यक्ति रित्तो गाग्री बोकेर सिंहदरबार छिरेको भन्दै धराने मेयरको प्रवृतिको आलोचना गरे । उनले मैले धरानमा पानी खुवाँए भनेर हल्ला गर्ने अनि धरानलाई पानी दिनु पर्यो भन्दै खाली गाग्री देखाएर तमासा गर्नुको अर्थ नहुने बताए ।
नेपाल उद्योग व्यवसायी महासंघ धरान नगरले माघ २६ गते प्रारम्भ गरेको विजिनेश एक्स्पोको समापन १५दिनपछि शनिबार धरान रंगशालामा गरिएको थियो । महासंघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एक्स्पोका संयोजक राजेश अग्रवालले गर्नुभएको थियो भने सञ्चालन सचिव चन्द्र सुवेदीले गरेका थिए ।