अहिलेको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नभएको बताएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्ण असफल भइरहेको बताए ।
उनले भने, ‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । यो गठबन्धन अप्राकृतिक, अपार्दशी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’ कांग्रेस–एमाले सरकारले प्रचण्ड नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानलाई राकेर सुशासन कामय गर्न लागेका अधिकारीलाई छानीछानी दण्डित गरिरहेको उनको आरोप छ ।