रास्वपाले बोलायो संसदीय दलको बैठक


२०८२ बैशाख ११ बुधबार २२:२३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बैठक आह्वान भएको कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले जानकारी दिए ।

बैठक बिहीबार दिउँसो २ बजे बोलाइएको हो । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने झाले जानकारी दिए । संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदैछ । त्यस्तै, वैशाख ४ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले दिएको निर्देशनबारे पनि छलफल गर्ने तयारी रहेको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७