धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा

काठमाडौं । धनगढी एफसीलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायर खेलमा धनगढीलाई १–० गोलले हराउँदै पोखरा फाइनल पुगेको हो ।
पोखराका लागि स्टफेन विलोङले निर्णायक गोल गरे । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । स्टेफन विनोङको निर्णायक गोलमा पोखरा फाइनलमा पुगेको हो। अतिरिक्त समयको तेस्रो मिनेटमा विनोङले निर्णायक गोल गरेका हुन् । पोखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीसंग खेल्ने छ ।