कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित बनेको छ । सभापति शेरबहादुर देउवा पारिवारिक भ्रमण तथा स्वास्थ्य उपचारका लागि बैंकक गएपछि बैठक अनिश्चित बनेको हो। कांग्रेसको केन्द्रीय समिति बैठक यही वैशाख १७ गते बस्न तयारी थियो ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकाल्दै बैठक अनिश्चितकालका लागि स्थगित भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पार्टी कार्यालयमा वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।’