पहिरो खस्दा पुरियो एक्साभेटर, चालक मृत भेटिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ढुङ्ग झिक्ने क्रममा पहिरो खसेर पुरिएका एक्साभेटर चालक मृत फेला परेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा ढुङ्ग झिक्ने क्रममा पहिरोले पुरिएका एक्साभेटरका चालक बुधबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
नवलपरासी बस्ने २५ वर्षीय रमेश दराईको शव एक्साभेटरभित्र फेला परेको हो । मंगलबार बाँसखर्कमा ढुङ्गा झिक्ने क्रममा माथिबाट ढुङ्ग खसेर एक्साभेटर पुरिएको थियो । सहचालक मेलम्ची नगरपालिका–८ केउरेनी बस्ने १७ वर्षीय उमेश गिरी भागेर ज्यान जोगाएका थिए ।