प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद : आतंकवादविरुद्ध हामी एकै ठाउँमा


२०८२ बैशाख ११ बुधबार १९:२१ बजे
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक सञ्जाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतलाई साथ रहेको प्रष्ट पारेका छन् । ‘दुई देशका प्रधानमन्त्रीबीच कश्मीरमा भएको आतंकवाद हमलाको विषयमा कुराकानी भयो,’ ओलीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री ओलीले घटनाबारे समवेदना व्यक्त गर्दै आकंवादीविरुद्ध हामी एकै ठाउँमा छौं । जुनसुकै रुप भए पनि आतंकवाद भनेको साझा शत्रु हो । हामी सँगै छौँ भन्नु भयो ।’ 

टेलिफोनपछि सामाजिक सञ्जालमा ओलीले भनेका छन्, ‘मैले उहाँ (मोदी) सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें । यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७