शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई जानकारी छैन : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । ‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन’, उनले भने, ‘प्रधानमन्त्रीलाई दिएको भन्ने छ तर प्रधानमन्त्रीलाई जानकारी छैन । बिरामी भइरहेपछि क्वार्टरमा पनि किन बसिरहने भनेर होला ? उहाँले क्वाटर छाड्नु भएको ।’