पत्रकार रजक र महर्जनको परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले राहत दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई १०-१० लाख रूपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
राजावादी समूहले गरेको उक्त प्रदर्शनमा महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने रजकको प्रदर्शनकारीले लगाएको आगोमा परेर मृत्यु भएको थियो । उनका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको छ ।