टासीलाई मन्त्री बनाउन लागेको भन्दै जेनजीकै आपत्ति, फ्री तिब्बत अभियन्ता भएको दाबी


२०८२ असोज २५ शनिबार ११:५५ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक विस्तार गर्न लागेको मन्त्रिपरिषदमा मन्त्री बन्ने चर्चा चलेकी टासी ल्हाजोमप्रति जेनजी प्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।

सोमबारसम्म विस्तार गर्ने तयारी भएको मन्त्रिपरिषद्मा टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने चर्चा थियो । 

जेनजी आन्दोलनमा भूमिका नभएकी र शंकास्पद भूमिकामा रहेकी भन्दै जेनजीहरूले उनको नामप्रति आपत्ति जनाएका हुन् । जेनजीहरूले नै उनलाई स्वीकार्न नसकिने बताएका छन् ।

जेनजीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विवाद रहेको र उनी फ्री तिब्बत अभियानमा संलग्नता रहेको दाबी गरेकी छन् ।

विज्ञप्तिमा उनीमाथि छानबिन गर्न समेत माग गरेका छन् ।

कर्णालीका जेनजीहरूले प्रदेशको प्रतिनिधित्वका लागि गरेको पटकपटकको छलफलमा टासीको नाम प्रस्ताव नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीबारे प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गर्ने बताएकी छन् ।

पूर्वसांसद ज्ञानेन्द्र शाहीले पनि टासी ल्हाजोम नेपाली नभएको भन्दै उनलाई अमेरिकी दूतावासले मन्त्री बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी अघि बढाएकी छिन् ।

सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेको दाबी गरिएको छ ।

श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७