एकीकृत समाजवादीका दर्जनभन्दा बढी नेता माओवादीसँगको एकताबाट अलग


२०८२ कार्तिक १४ शुक्रबार १८:०५ बजे
फाइल तस्बिर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का करिब दर्जनभन्दा बढी नेताहरू नेकपा (माओवादी केन्द्र)सँगको एकता प्रक्रियामा सहभागी नहुने भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता निर्णय गरे पनि केही नेताहरूले त्यसमा असहमति जनाएका हुन् ।

एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले माओवादीसँगको हालको प्रक्रिया वाम एकता नभई मात्र पार्टी मर्जर भएको स्पष्ट पार्दै भनिन्, 'यो वाम एकता होइन, दुई पार्टीबीचको मर्जर हो । वाम शक्तिहरूबीच समग्र संवाद बिना गरिएको यस्तो मर्जरले आन्दोलन बलियो होइन, कमजोर बनाउँछ।'

उनका अनुसार पार्टी मर्जरको हालको दिशा वामपन्थी आन्दोलन सुदृढ गर्नेभन्दा पनि पार्टीभित्र तानाशाही प्रवृत्ति बढाउने खतरा छ । उनले एमालेलगायत अन्य वाम दलहरूसँग संवाद नगरी गरिएको एकता प्रक्रियाले विद्यमान समस्या समाधान गर्न नसक्ने बताइन् ।

उनले आफूहरूलाई एकता विरोधी भनेर चित्रण नगर्न आग्रह गर्दै भनिन्, 'हामी वाम एकताको विरोधी होइनौँ, तर यो ढङ्गको मर्जरमा सहभागी हुने पक्षमा छैनौँ।'

स्रोतका अनुसार एकता प्रक्रियामा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल एकतामा नजाने बताइसकेका छन्।

स्थायी कमिटी सदस्यहरू विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पनि माओवादी केन्द्रसँग एकतामा नजाने भएका छन् । पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अशेष घिमिरे पनि एकता प्रक्रियामा नजाने एक केन्द्रीय सदस्यले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७