३ दिनपछि सञ्चालनमा आयो बिपी राजमार्ग


२०८२ कार्तिक १६ आइतबार १३:०४ बजे

काठमाडौँ : लगातारको वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । रोशी गाउँपालिका–८ चारसयबेशी र वडा नं. ११ पिल्ले क्षेत्रमा डाइभर्सन निर्माण गरेपछि शनिबार दिउँसोदेखि सवारीसाधन सञ्चालन सुरु भएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार बिहीबारदेखि परेको अविरल वर्षाले विभिन्न स्थानमा पहिरो र लेदो पसेर राजमार्ग अवरुद्ध भएको थियो ।

चारसयबेशीमा रहेको नाङ्शाल क्रसरनिर सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकोले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । राजमार्गको रोशीखोला साइडमा डाइभर्सन बनाएर राजमार्ग सञ्चालनमा आएको हो ।

लगातारको वर्षाका कारण चौकी डाँडा, चारसयबेशी, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशी क्षेत्रमा पहिरो तथा लेदोका कारण सडक अवरुद्ध भएको थियो। विशेषगरी माम्तीको तल्लो भागमा गत असोजमा निर्माण गरिएको डाइभर्सनमा लेदो मिसिएको बाढी पसेपछि यातायात पूर्ण रूपमा रोकिएको थियो।

हाल डाइभर्सनमार्फत आवागमन सुचारु भए पनि रोशी खोलाको किनार र माथिबाट खस्ने सुख्खा पहिरोका कारण यात्रा गर्दा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७