एकताअघि नै कारबाहीमा परेका थिए एकीकृत समाजवादीका ६ नेता


२०८२ कार्तिक २० बिहीबार १७:४८ बजे

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताको घोषणा भएको दिनमै ६ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन् ।

पार्टी केन्द्रीय सचिवालयको २०८२ कात्तिक १९ गते बसेको बैठकले पार्टी नीति, विचार र कार्यक्रमविपरीत गतिविधि गरेको आरोपमा घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई सदस्यता नै खारेज गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तिअनुसार पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले समान नीति र विचार भएका दलसँग एकता गर्ने निर्णय गरे पनि सो निर्णय विपरीत भेला र पत्रकार सम्मेलनमा सहभागी भएकाले उनीहरूलाई कारबाही गरिएको उल्लेख गरिएको छ।

उक्त निर्णय पार्टी विधानको धारा १२० र १२१(२) बमोजिम गरिएको जनाइएको छ । यसअघि बुधबार नै माओवादी केन्द्रसहित १० वाम दल मिलेर एकता घोषणा गरिएको थियो ।

कारबाहीमा परेका घनश्याम भुसाल अहिले नयाँ संरचना बनाउने तयारीमा छन् भने रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका केही नेताहरू एमालेमा फर्कने तयारीमा रहेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७