माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन


२०८२ कार्तिक २२ शनिबार ०९:१२ बजे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। 

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । 

अभियानका नेता रजमान तामाङले पार्टीको नाम, झन्डा र चुनाव चिन्हलाई ऐतिहासिक जनयुद्ध र हजारौँ सहिद, घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएको बताए। 

यी पहिचानहरू पार्टीको विधान विपरीत गएर कसैले परिवर्तन गर्न नसक्ने र यसमा बाहिरी दबाब तथा प्रभावबाट आयोग प्रभावित हुन नहुने निवेदमा उल्लेख छ ।

महाधिवेशनको मिति घोषणा भइसकेकाले हाल नेपाली कम्युनिस्ट पार्टी बनाएका प्रचण्डले दीर्घकालीन असर पर्ने निर्णय गर्न नसक्ने जिकिर गर्दै पार्टीको पहिचान फ्रिज नगर्न आयोगलाई आग्रह गरिएको जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७