विगतको तुलनामा एमाले फरक र समावेशी : रामकुमारी झाँक्री


२०८२ कार्तिक २४ सोमबार १८:१८ बजे

काठमाडौँ : नेकपा (एमाले)मा फर्किएकी रामकुमारी झाँक्रीले आफू व्यक्तिगत लाभ वा पदका खोजीमा नभई अवसर सिर्जना गर्न लामबद्ध भएको बताएकी छन् । सोमबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रममा सहभागी हुँदै उनले एमालेमा पुनः प्रवेशलाई राजनीतिक जिम्मेवारीको रूपमा व्याख्या गरेकी हुन् । 

झाँक्रीले भनिन्, 'पार्टी एकता कति पटक भयो भन्ने होइन, कस्ता मान्छेबीच, कस्ता सपनाका आधारमा एकता भयो भन्ने कुरा महत्त्वपूर्ण हो । हामी एउटै दिशामा सोच्नेहरू एउटै यात्रामा हिँड्नु राम्रो हो।'

उनका अनुसार पछिल्ला केही महिनामा एमालेभित्र नयाँ ऊर्जा देखिएको छ र त्यो ऊर्जा अवसरको सिर्जनासँग जोडिएको छ। 'म कुनै अवसर खोज्दै हिँडेकी होइन, बरु अवसरहरू निर्माण गर्ने संघर्षमा साथ दिन आएको हुँ ।' उनले भनिन् ।

झाँक्रीले विगतका सहकर्मी र नेतृत्वप्रति सम्मान प्रकट गर्दै कुनै गुनासो नरहेको पनि बताइन् । 'आलोचना गर्न होइन, सहकार्य र सकारात्मक परिवर्तनको भावना लिएर फर्किएकी हुँ,' उनले भनिन् । 

उनले एमाले अहिले विगतको तुलनामा फरक र समावेशी बनेको दाबी गरिन् । 'एमाले अहिले उदार दृष्टिकोणसहित सबैलाई समेट्ने प्रयासमा छ । यही कारणले हामी मूल प्रवाहमा फर्किएका हौँ,' झाँक्रीले थपिन् ।

उनका अनुसार एमाले विरोधी भ्रम फैलाउने प्रवृत्तिलाई सच्याउने र गलत सूचनाको प्रतिवाद गर्ने पनि आफ्नो उद्देश्य हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७