समानुपातिकतर्फ अन्तिम बन्दसूची सार्वजनिक : एक हजार ७७२ महिला, एक हजार ३६३ पुरुष


२०८२ माघ २० मंगलबार २०:२६ बजे

काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । राजनीतिक दलहरूले पेस गरेका विवरणमाथि अध्ययन तथा छानबिन सम्पन्न भएपछि आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

समानुपातिकतर्फका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची बुझाएका थिए । ती सूचिमाथि आवश्यक छानबिन पूरा गरी आयोगले अन्तिम सूची सार्वजनिक गरेको जनाएको छ ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६३ राजनीतिक दलले पेस गरेको विवरणअनुसार ५७ निर्वाचन चिह्नमार्फत समानुपातिक उम्मेदवार समावेश छन् । सबै दलका गरेर समानुपातिकतर्फ उम्मेदवारको कुल संख्या ३ हजार १३५ पुगेको छ ।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार अन्तिम बन्दसूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन् ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७