सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ।
०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निकटम प्रतिस्पर्धी भएका साह यस पटकको निर्वाचनमा उम्मेदवारी मनोनयनको अघिल्लो दिन रास्वपामा प्रवेश गरेका थि । पार्टी प्रवेश गर्नासाथ उनलाई रास्वपाले उम्मेदवार बनाएको थियो।
कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको थियो र अहिलेसम्म यो सूचीमा कायम छ। उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीको ८९६३५ नम्बरमा छ।
सर्लाहीका सहायक सीडीओ होमप्रसाद घिमिरेले कलवारको कालोसूचीमा रहे/नरहेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।
त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘उहाँको विषयमा अहिलेसम्म आयोगमा उजुरी आएको छैन। उजुरी आएमा आवश्यक निर्णय गरिनेछ।’
निर्माण व्यवसायमा सम्बद्ध कलवारमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोप समेत लाग्ने गरेको छ।
.gif)

.png)

