परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट


२०८२ फाल्गुण २१ बिहीबार ०९:२१ बजे
तस्बिर: रासस

काठमाडौँः परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेको छ । 

त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र दुई देशबीचको सहयोगलाई प्रवद्र्धन गर्ने सम्बन्धमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, चिनियाँ राजदूतले सामाजिक सञ्जालमा  द्विपक्षीय सम्बन्धबारे परराष्ट्र सचिवसँग गहन छलफल भएको तथा आपसी सहयोगलाई अझ विस्तार गर्ने सहमति भएको उल्लेख गरेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७