भोटेकोसी बाढीमा अझै ६४४ पर्यटक सम्पर्कविहीन

भारतीय १७८, नेपाली १२७ र अमेरिकी ६५ पर्यटक सम्पर्कविहीन


२०८३ भदौ ११ बिहीबार १४:०९ बजे

काठमाडौं :  भोटेकोसी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना छन्। त्यस्तै, १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन रहेको तथ्यांक छ।

यस्तै, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६–६ जना पर्यटक पनि सम्पर्कविहीन छन्।

नेपाल पर्यटन बोर्डले विभिन्न यात्रा व्यवसायी तथा कम्पनीहरूबाट प्राप्त विवरणका आधारमा पर्यटकहरूको तथ्यांक संकलन गरिएको जनाएको छ।

भोटेकोसी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोटलगायत सीमावर्ती तथा नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७