काठमाडौं–३ मा राजुनाथ पाण्डे १३०८ मतान्तरले अगाडि


२०८२ फाल्गुण २२ शुक्रबार ०८:१० बजे

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे १ हजार ३०८ मतान्तरले अगाडि देखिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा पाण्डेले ४ हजार ६४९ मत प्राप्त गरेका छन्। उज्यालो नेपालका कुलमान घिसिङले ३ हजार ३४१ मतसहित उनलाई पछ्याइरहेका छन्।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ४८१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका रामेश्वर फुयाँलले ९४९ मत पाएका छन्।

हालसम्म उक्त क्षेत्रमा ११ हजार ४५४ मत गणना भइसकेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७