रवि र बालेनलाई विकसित नेपाल बनाउन सफलता मिलोस् : जनार्दन शर्मा


२०८२ फाल्गुण २५ सोमबार १२:५७ बजे

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् ।


सोमबार भिडियो सन्देश जारी गर्दै उनले रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह तथा विजयी सांसदहरूलाई बधाई दिएका हुन्। उनीहरूलाई ‘साँच्चिकै विकसित नेपाल’ बनाउने ऐतिहासिक कार्यभार पूरा गर्न सफलता मिलोस् भन्ने शुभकामना दिएका छन्।

गृह जिल्ला रुकुम पश्चिमबाट लगातार चार निर्वाचन जित्दै आएका शर्मा यसपटक आफ्नै पूर्वपार्टी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मासँग पराजित भएका छन्।

उनले सोमबार बिहान फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै विजयी उम्मेदवार शर्मालाई पनि बधाई दिएका छन्। गरिबी, बेरोजगारी अन्त्य गर्दै समृद्ध रुकुम बनाउने रुकुमेली जनताको चाहना पूरा गर्न उनले शर्मालाई सुझाव दिएका छन्।

आफू पराजित भए पनि रुकुमेली जनताको विश्वास र मायाप्रति ऋणी रहेको उल्लेख गर्दै उनले पदमा हुँदा वा नहुँदा पनि सेवामा समर्पित रहने बताएका छन्।

पूर्वगृहमन्त्री समेत रहेका शर्माले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७