टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ खुल्यो


२०८२ फाल्गुण २७ बुधबार १३:५३ बजे

काठमाडौँ : टक्सार पिखुवा खोला हाइड्रोपावरले आजबाट आफ्नो प्राथमिक सेयर (आईपीओ) निष्काशन प्रक्रिया सुरु गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो।

यस आईपीओमा कम्पनीले १ अर्ब २० करोड रुपैयाँको पुँजीको ३५.२६ प्रतिशत, अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँको ४२ लाख ३० हजार ६ सय ६८ कित्ता सेयर निष्काशन गर्नेछ।

यसमा १२ करोड रुपैयाँको सेयर, जसको प्रति सेयर एक सय अंकित दरमा १२ लाख कित्ता साधारण सेयर, पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्काशन गरिएको छ । 

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ, र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया ११ गतेसम्म खुला रहनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७