कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम


२०८२ चैत १ आइतबार १५:५५ बजे

काठमाडौं : नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारमध्ये २० जनाको नाम टुंगो लगाएको छ। पार्टीको भागमा परेको सूचीअनुसार १५ महिला र पाँच पुरुष सांसदको नाम सिफारिस गरेको हो । 

सानेपामा आइतबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक गरी ५ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। 

सिफारिस भएका यी नाम आजै निर्वाचन आयोगमा बुझाउने निर्णय पनि पार्टीले गरेको छ । कांग्रेसले नाम भने निर्वाचन आयोगबाट अनुमोदन भएपछि सार्वजनिक गर्ने जनाएको छ । 

प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन् । उनीहरूमध्ये ३३ प्रतिशत (२१ जना) महिला प्रतिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसले समानुपातिकमा १५ जना महिला उम्मेदवार छान्नुपर्ने र त्यसै बमोजिम गरिएको चालिसेले बताए ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७