सुत्केरी र नवजात शिशुको मृत्यु
काठमाडौँ : बाजुराबाट थप उपचारका लागि सुर्खेत लगिएकी एक सुत्केरी आमा र सात दिनको नवजात शिशुको मृत्यु भएको छ।
चैत्र ४ गते बाजुरा जिल्ला बाट हेलिकप्टरमार्फत सुर्खेत लगिएकी बडीमालिका नगरपालिका–१ की २१ वर्षीया सुरता रोकाया र उनले जन्म दिएको शिशुको उपचारका क्रममा शनिबार कर्णाली प्रदेश अस्पताल मा मृत्यु भएको हो।
घटनाबारे जानकारी दिँदै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले उपचारकै क्रममा आमा र शिशुको ज्यान गएको बताए।
रोकाया लामो समयदेखि मुटु रोगबाट पीडित रहेको र चिकित्सकले गर्भधारण तथा सन्तान जन्माउन जोखिम रहेको सुझाव दिएको पाइएको छ।
.gif)

.png)

