अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छानबिन गर्न टोली राजविराज जाँदै


२०८३ भदौ २५ बिहीबार १४:५७ बजे
फाइल फोटो

काठमाडौं : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज जाने भएको छ। मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीसँगै राजविराज जानेछन्। मन्त्रालयले घटनाबारे अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ। स्थलगत छानबिनबाट सत्यतथ्य बाहिर ल्याउने र दोषी देखिएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने मन्त्रालयले जनाएको छ। 

घटनाबारे अस्पतालले पनि छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक छानबिन अघि बढाइएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७