एकैपटक ४६ शाखा अधिकृतको सरुवा
अधिकांशलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
काठमाडौं : भूमि, व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले ४६ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले भदौ २५ गते गरेको निर्णयअनुसार शाखा अधिकृतहरूको सरुवा गरिएको हो। सरुवा हुनेमध्ये अधिकांशलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।
मन्त्रालयले केही शाखा अधिकृतलाई संघीय सरकारअन्तर्गतका विभिन्न मन्त्रालय तथा मातहतका निकायमा सरुवा गरेको छ। स्थानीय तहको प्रशासनिक नेतृत्व तथा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको सरुवासँगै विभिन्न स्थानीय तहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउने भएका छन्।
हेर्नूहोस् सरुवा भएका ४६ शाखा अधिकृतको विवरणः
.gif)

.png)

