नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानमाथि ८७ रनको शानदार जित


२०८३ भदौ २५ बिहीबार १४:१२ बजे
Photo: CAN

काठमाडौं : नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। उसका लागि जतिन्दर सिंहले २५ र जितेन रमानन्दीले १३ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। दीपेन्द्रले ५१ र बसिर अहमदले ४७ रन बनाए। ओपनर देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे। अन्य ब्याट्सम्यानले भने उल्लेख्य योगदान दिन सकेनन्।

नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ। युएईले हङकङलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ। फाइनल शनिबार हुनेछ। प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७