सुदन किरातीको समूह श्रम संस्कृतिमा समाहित, किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी
वरिष्ठ नेता, एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य किराती समूहलाई दिने सहमति
काठमाडौं : पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका नेता सुदन किराती आफ्नो समूहसहित हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा समाहित हुने भएका छन् । दुवै पक्षबीच पार्टी एकताको सहमति भइसकेको र त्यसको औपचारिक घोषणा आज दिउँसो ३ बजे बागबजारस्थित एक होटलमा गरिने तयारी छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र नेता किरातीबीच बिहीबार राति ललितपुरमा भएको छलफलपछि एकताको टुंगो लागेको हो । सहमतिअनुसार किराती पक्षले पार्टीमा वरिष्ठ नेता, एक उपाध्यक्ष, एक सचिव तथा १५ जना केन्द्रीय सदस्य पाउनेछ । स्रोतका अनुसार वरिष्ठ नेताको जिम्मेवारी स्वयं सुदन किरातीले सम्हाल्नेछन् ।
भोजपुरका किराती पूर्वमाओवादी नेता हुन् । उनी पूर्वपर्यटनमन्त्री समेत भइसकेका छन् । जनयुद्धपछिको राजनीतिक पुनर्संरचनाको क्रममा प्रचण्ड र माधव नेपाललगायत नेताहरूको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टीप्रति असहमति जनाउँदै उनी प्रलोपा तर्फ लागेका थिए ।
यसअघि गत चैत १२ गते नै किराती र साम्पाङबीच पार्टी एकताको प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गरिएको थियो । प्रारम्भिक सहमतिमा किरातीलाई वरिष्ठ नेता बनाउने समझदारी भए पनि पछि साम्पाङ पक्ष ‘ब्याक’ भएपछि वार्ता रोकिएको थियो । त्यसपछि किरातीले उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङसँग समेत राजनीतिक सहकार्यका लागि छलफल अघि बढाएका थिए ।
.gif)

.png)

