कहाँ–कहाँ हुँदैछ मेघगर्जनसहित वर्षा र हिमपात ?

सतर्कता अपनाउन अनुरोध


२०८३ बैशाख २७ आइतबार ०७:१७ बजे

काठमाडौँः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारण बदली रहने देखिएको छ।

विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण मौसम पूर्णतया सफा रहने छैन। विभागले सार्वजनिक गरेको बुलेटिन अनुसार आज दिउँसो यी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

तराईका भू–भागमा भने मौसम आंशिक बदली रहे तापनि वर्षाको ठुलो सम्भावना देखिएको छैन। यसैगरी, आज रातिको समयमा पनि पहाडी भेगमा मौसम प्रतिकूल रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशको तराई क्षेत्र लगायत देशका अन्य पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने देखिएको छ। 

वर्षा र चट्याङ्गका कारण हुन सक्ने जोखिमबाट बच्न र हिमाली भेगमा हुने हिमपातलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७