हतियार व्यापारी लोकेन्द्र कार्कीविरुद्धको उजुरी अख्तियारले पठायो सम्पत्ति शुद्धीकरणमा


२०८३ जेठ २५ सोमबार १८:५३ बजे

काठमाडौँ :  नेपाली सेनाका लागि हतियार तथा गोलीगठ्ठा आयात गर्ने कार्यमा संलग्न  लोकेन्द्र कार्कीविरुद्ध परेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । अख्तियारमा परेको उक्त उजुरी आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै आयोगले विभागमा फर्वार्ड गरिदिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतका अनुसार अख्तियारबाट उजुरी प्राप्त भएपछि कार्कीको सम्पत्ति छानबिन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ समेत रहेका लोकेन्द्रले कोरियालगायत विभिन्न मुलुकबाट सेनाका निम्ति गोलीगठ्ठा आयात गर्ने व्यापार गर्दै आएका छन् र उनी दुबईमा बस्ने गरेका छन् ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७