राष्ट्र बैंकले तोक्यो आजको वैदेशिक मुद्राको मूल्य


२०८३ असोज १२ सोमबार ०७:१६ बजे
फाइल फोटो

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा रहेको छ। 

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६१ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको विनिमय दर निर्धारण गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थामा कारोबार गर्दा भने सम्बन्धित संस्थाले तोकेको दर केही फरक हुन सक्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७