केप भर्डेका ‘पर्खाल’ भोजिन्हा : जसको एउटै खेलले बदलिदियो सामाजिक सञ्जालको गणित

१० घण्टामै ५० लाख फलोअर्स


२०८३ असार २ मंगलबार १६:२८ बजे

काठमाडौं: फिफा विश्वकप २०२६ मा स्पेनजस्तो शक्तिशाली टोलीलाई बराबरीमा रोक्दै केप भर्डेका ४० वर्षीय गोलकिपर भोजिन्हाले विश्व फुटबलमा नयाँ तरंग सिर्जना गरेका छन्। स्पेनका लगातारका प्रहारहरूलाई विफल बनाउँदै उनले गरेको अविश्वसनीय बचाउले केप भर्डेको फुटबल इतिहासमै स्वर्णिम अध्याय थपेको छ।

स्पेनविरुद्धको खेलमा 'म्यान अफ द म्याच' घोषित भएका भोजिन्हाको लोकप्रियता केही घण्टामै आकाशिएको छ। खेलअघि इन्स्टाग्राममा ५० हजारभन्दा कम फलोअर्स रहेका उनको एकाउन्टमा खेल सकिएको १० घण्टाभित्रै फलोअर्सको संख्या ५० लाख नाघेको छ। सामाजिक सञ्जालमा उनको नाम र बचाउका भिडियोहरू अहिले चर्चाको केन्द्रमा छन्।

खेलभरि स्पेनका स्टार खेलाडीहरूलाई स्तब्ध बनाएका भोजिन्हाले म्यान अफ द म्याचको अवार्ड पाएपछि निकै विनयी देखिएका छन्। उनले भनेका छन्, 'यो अवार्ड म मेरो मात्र नभई मेरा सम्पूर्ण सहकर्मीहरूको मिहिनेतका लागि समर्पित गर्दछु। म आगामी खेलहरूमा पनि यसरी नै आफ्नो टिमका लागि निरन्तर मिहिनेत गरिरहनेछु।'

केप भर्डेका लागि यो नतिजा केवल एक बराबरी नभई विश्व फुटबलमा आफ्नो उपस्थिति बलियो बनाउने एउटा ऐतिहासिक उपलब्धि बनेको छ। भोजिन्हाको यस प्रदर्शनले अहिले फुटबलप्रेमीहरूको मन जित्न सफल भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७